६ सय ४७ जनाले गराए निःशुल्क मुटुरोग परिक्षण

पालिका डायरी
१६ आश्विन २०७८, १८:५६
६ सय ४७ जनाले गराए निःशुल्क मुटुरोग परिक्षण

 

हेटौंडा/मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको आयोजना र शहिद गंगालाल राष्ट्रिय ह्रदय रोग केन्द्र बाँसबारी काठमाण्डौंको प्राविधिक सहयोगमा मुटुरोग सम्बन्धि एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न शनिबार सम्पन्न भएको हो । जसमा जिल्ला भित्र तथा आसपासका जिल्लाका ६ सय ४७ जना बिरामीहरुले मुटुरोग सम्बन्धी निशुल्क परिक्षण गराएका थिए ।

जसमध्ये २ सय जना बिरामीको इको गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालका सुपरिटेन्डेन्ड डाक्टर सागर काफ्लेले बताए । उनका अनुसार ३ सय ३० जना बिरामीको इसिजी गरिएको छ । उपचारका लागि आएका बिरामीहरु मध्ये ३० जनालाई। उपचारका लागि आएका बिरामीहरु मध्ये ३० जनालाई काठमाण्डौं मै लगेर उपचार गर्नुपर्ने खालको जटिल समस्या देखिएको बताइएको छ । त्यस्तै तीन जना बच्चाहरूको तत्काल मुटुको अप्रेसन गर्नुपर्ने समस्या देखिएको सुपरिटेन्डेन्ड डाक्टर सागर काफ्लेले बताए ।

जसका लागि शाहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीले निःशुल्क उपचार गर्ने व्यवस्था समेत मिलाइएको उनको भनाइ छ ।
यस्तै निशुल्क मुटु रोग परिक्षण हुने भएपछि अस्पताल आएका बिरामीहरुले पनि निकै राम्रो पतिक्रिया दिइएको पाइएको छ । हेटौंडा मै मुटु रोगको परिक्षण हुने भएपछि खुसी लागेको लाभग्राहीहरु ल्े बताए ।

प्रतिक्रिया