गुराँस पोलिक्लिनिकमा प्रशासनद्धारा ताला
हेटौंडा १० राप्तिरोडमा सञ्चालित गुराँस पोलिक्लिनिक तथा श्री साई फार्मेसीमा प्रशासनले ताला लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा गरिएको अनुगमन क्रममा गुराँस पोलिक्लिनिकमा लाइसेन्स नभएको व्यक्तिले औषधि विक्री वितरण गरिएको पाइएपछि प्रशासनले ताला लगाएको हो । सञ्चालकले कर्मचारीको आवश्यक कागजपत्र देखाउन नसकेपछि ताला लगाइएको सहायक सिडियो अर्यालले बताए । अनुगमनमा स्वास्थ्य कार्यालय मकवानपुर, घरेलु कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरका प्रमुख तथा प्रतिनिधिहरुका साथै पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया