भोलि हेटौंडा अस्पतालमा निःशुल्क मुटुरोग शिविर हुने

पालिका डायरी
१५ आश्विन २०७८, १२:४३
भोलि हेटौंडा अस्पतालमा निःशुल्क मुटुरोग शिविर हुने

हेटौंडा । असोज १६ गते भोलि शनिबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालमा मुटुरोग स्वास्थ्य सम्बन्धि निःशुल्क शिविर संचालन हुने भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनमा उक्त निःशुल्क शिविर संचालन हुने भएको हो । शहिद गगांलाल राष्ट्रिय हृदयकेन्द्र,बासबारी काठमाडौंका मुटु रोग विशेषज्ञबाट मुटुरोग सम्बन्धी ७ जना डाक्टर र ४ जना प्राबिधिक सहित ११ जनाको टिमले शिबीरमा आएका करिब पाँच सय जनालाई उपचार गर्ने जनाईएको छ । शिविरमा मुटुरोगको परिक्षणसंगै ल्याबमा परीक्षण, औषधि समेत निःशुल्क उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया