नारी सीप सृजना केन्द्रले खोलीदियो बागमतीका महिलाहरुको आयआर्जनको बाटो

पालिका डायरी
१५ आश्विन २०७८, १२:३९
नारी सीप सृजना केन्द्रले खोलीदियो बागमतीका महिलाहरुको आयआर्जनको बाटो

हेटौंडा/मकवानपुरको पुर्वि क्षेत्रको बागमती गाउँपालिका बिकासका पुर्वाधारहरुले सु-सम्पन्न नभएको एक गाउँपालिका हो । भौगोलिक अवस्थाको कारण आर्थिक उपार्जन र सामाजिक रुपान्तरणमा खासै फड्को मार्न सकेको अवस्था छैन । सेवा सुबिधाको कमी र रोजगारको अभावले गर्दा रोजगारी र अवसरको खोजीगर्न त्यस स्थानबाट देशकै अन्यत्र स्थान र बिदेश जानेको संख्या पनि टन्नै छ । जसकारण मानव बेचबिखन र असुरक्षित स्थानगमनको जोखिम बढेको छ । त्यही जोखिमको न्युनिकरणको लागि नारी सीप सृजना केन्द्रले AWO इन्टरनेशनलसंगको साझेदारीतामा १ जनवरी २०२० (२०७६ पौष १६) देखि मकवानपुरमा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन कार्यक्रम बागमती गाउँपालिकामा पनि संचालन गरिरहेको छ । गरिब, सीमान्तकृत, कमजोर अवस्थाका महिला, पुरुष, युवा, विधार्थी, असुरक्षित बसाईसराई तथा मानव बेचविखनका सिकारमा परेकाहरु, मानव बेचविखन हुनबाट जोगिएका समुदायका सदस्यहरुलाई लक्षितगरि कार्यक्रम संचालन गरिरहेको हो ।

नारी सीप सृजना केन्द्रले नेपालमा बढदै गएको मानव बेचबिखन र असुरक्षित बसाईसराईलाई न्युनिकरण गर्न बागमती गाउँपालिकामा पनि बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । केन्द्रले मानव बेचबिखन, सुरक्षित स्थानागमन र फेरिँदै गएको मानव बेचबिखनको स्वारुपको बारेमा सचेतना जगाई स्वदेशमै आयआर्जनको अवसर सिर्जना गरि मानव बेचबिखन र असुरक्षित बसाईसराईको जोखिमलाई कम गर्न परियोजना संचालन गरिएको हो ।

जस अन्तरगत बागमती गाउँपालिकासंगको समन्वयमा १, २, ३, ४ र ५ नम्बर वडामा जम्मा ५ वटा सामुदायिक छलफल केन्द्र गठन गरेको छ । छलफल केन्द्रमा आबद्ध सदस्यहरुलाई सहजिकरणका लागि हरेक छफफल केन्द्रमा एक जना सहजकर्ता हुन्छ । परियोजनाले सदहस्यहरुलाई व्यक्तित्व बिकास, मानव बेचबिखन तथा सुरक्षित स्थानगमन सम्बन्धी सचेचना, बिभिन्न सीप मुलक तालिम, व्यवसायिक तालिम समेत प्रदान गर्दै आएका छन् । तालिम पश्चात नारी सीप सृर्जना केन्द्रले सिकेका सीपलाई आर्थिक उर्पाजनसंग जोड्न आवश्यक सहयोग समेत गरेर आयआर्जनमा जोड दिईरहेको छ । जस अन्तरगत कुखुरापालान, मौरी पालन, बाख्रा पालन, मौशमी तथा बेमौशमी तरकारीखेती लगायतका तालिमहरु दिएको छ भने तालिम पश्चात लोकल कुखुराको चल्ला, मौरीको घार, उन्नत जातका बोका, बाख्रा बितरण गर्नुका साथै तरकारीखेतीको लागि आवश्यक सामागी र बिउविजन समेत सहयोग समेत गर्दै आएको छ । अहिले सम्म ३१ जनाले बाख्रा पालन तालिम, २० जानाले कुखुरा पालन तालिम, ५३.जनाले बेमौसमी तालिम र २२ जनाले मौरी पालन तालिम लिई सकेका छन् । तालिम पश्चात २० जनालाई प्रति व्यक्ति २० ओटाको दरले ४०० ओटा कुखुरा, ३१ जनालाई प्रति व्यक्ति १ ओटाको दरल ३१ ओटा बाख्रा, बाख्राको नश्ल सुधारको लागि २ ओटा समुहलाई उन्नत जातको बोयर २ ओटा बोका, ५३ जनालाई प्रतिव्यक्ति टनेल निर्माणको लागि टनेल प्लाष्टिक, बिउबिजन, थोपा सिचाई सेट र सिचाईको लागि मोटर सहयोग गरेको छ ।

संस्थामा आवद्ध भएपनि सदस्यहरुमा आत्मबल र हौसला बढेको छ । मानव बेचबिखन र स्थानागमनको बारेमा धेरै कुरा सिक्ने अवसर प्रप्त भएको छ त्यति मात्र होईन ससंस्थामा आवद्ध भएपछि बिभिन्न सीपमुलक तालिमहरुमा सहभागी भएपछि ज्ञानसंगै सीपको पनि बिकास भएको छ । तालिम पश्चात सबैले आफुले सिकोको ज्ञान र सीपलाई व्यवहारमा लागु गर्न सफल भएको छ । बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले संस्थाले गाउँपालिकासंगको समन्वयमा कार्यक्रम गरिरहेको र कार्यक्रम निक्कै प्रभावकारी रहेकोले आय आर्जनको अवशर सिर्जना गरेको बताए । सदस्यहरुले तालिम पछि तरकारी टनेलमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेर बिक्री गर्न सफल भएका छन । कुरारा पालन र बाख्रा पालनमा पनि उत्तिक्कै लगनशिल भएर लागेका छन । आफुले सिकेको सीपलाई व्यवहारमा लागु गरेर धेरै सदस्यहरुले अर्थ उपार्जन गर्न सफल भएका छन । जसबाट परिवारमा थप सहज भएको छ ।

तालिम पश्चात तालिम पश्चात तरकारी खेती गर्ने बिभिन्न तरिकाको बारेमा धेरै ज्ञान पाएकोमा आफु धेरै खुसी भएको फुलबारी सामुदायिक छलफल केन्द्र बागमती गाउँपालिका ३ की सदस्य हरीमाया पाखिनको भनाई छ । पाख्रिनले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्दै तरकारी खेतीको लागि टनेल बनाउँदै छन् । त्यस्तै समुहमा आबद्ध भएपछि आफुले अरुको अगाडी बोल्न सक्ने भएकोमा ज्योती सामुदायिक छलफल केन्द्र बागमती गाउँपालिका १ की रिबेका राई मख्ख छिन् । त्यतिमात्र होईन बाख्रा पालन सम्बन्धी तालिम पश्चात धेरै कुराहरु थाहा पाउन सफल भएको र बाख्रा पाएपछि राम्रो हेरचाह गरिरहेको अनुभव हाँस्दै छुनाउछिन । समुहमा आवद्ध भए पश्चात महिलाहरुमा छुट्टै उत्साह छाएको छ । महिलाहरु जागरुक हुँदै सिकेका सीपलाई व्यवहारमा लागु गर्दै आउनु भएको फुलबारी सामुदायिक छलफल केन्द्र बागमती गाउँपालिका ३ की सहजकर्ता जानुका दोङको भनाई छ । तालिम पश्चात कुखुरा पालन, तरकारी खेती, बाख्रा पालनमा महिलाहरु लागि परेका छन् । निर्बाह मुखी खेति गरिहेका महिलाहरुमा नारी सीप सृजना केन्द्रको सहयोगले आयआर्जनको बाटो खुलेकोमा निक्कै खुसी छन् । बाख्रा पालन, कुखुरा पालन र तरकारी खेतीमा धेरैले रुचि देखाए पनि मौरी पालनमा खासै सहभागी भएन । धरै सदस्यहरुले बंगुर पालनको लागि आवश्यक तालिम र सहयोगको लागि केन्द्रलाई अनुरोध समेत गरेका छन । नारी सीपको सहयोगले नै आफुहरुकोे आय आर्जनको बाटो खुलेकोमा समुहका सदस्यहरु खुसी छन ।

मानव बेचविखनर र असुरक्षित बसाईसराईलाई न्युनिकरण गरि आय सृजना गर्ने, साधन, सीप र ज्ञानको पहुँचमा वृद्धि गर्ने उदेश्यका साथ नारी सीप सृजना केन्द अगाडी बढिरहेको छ । दिगो जिविकोपार्जनको विकास बसाईसराई र बेचविखन सम्भावित अवस्था भएका व्यक्तिहरुमा सचेतना, पैरवीस मार्फत असुरक्षित बसाईसराई र बेचविखन हुनबाट रोक्ने र सुरक्षीत बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चाल गरिदै आएको मकवानपुरमा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन कार्यक्रम संयोजक ज्योती बोम्जनको भनाई छ । नारी सीप सृजना केन्द्रले मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा नं. १, २, ३, ४ र ५ र बागमती गाउँपालिकाको वडा नं. १, २, ३, ४ र ५ मा बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । यस अघि सन २०१९ कये कार्यक्रम हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा संचालन गरेकये थियो ।

 

प्रतिक्रिया