बागमती आधारभुत विद्यालयको नवनिर्मित १० कोठे भवन उद्घाटन

पालिका डायरी
१ आश्विन २०७८, १०:५५
बागमती आधारभुत विद्यालयको नवनिर्मित १० कोठे भवन उद्घाटन

मकवानपुर – भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको मकवानपुरको बागमती गाउँपालिका–५ स्थित बागमती आधारभुत विद्यालयको नव निर्मित १० कोठे भवनको उद्घाटन गरिएको छ । बागमती गाउँपालिका–५ लितिखोला, बगेरी स्थित बिकट माझि बस्तिमा भारत सरकारको कर बाहेक करीब १ करोडको लागतमा निर्माण भएको १० कोठे सुविधा सम्पन्न भवनको बिहीबार एक समारोहका बीच उद्घाटन गनुर््का साथै साँचो हस्तान्तरण गरिएको हो ।

बिहीबार एक समारोहकाबीच जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र नेपाल स्थित भारतीय महा वाणिज्य दुतावासका कन्सुलर जनरल नितेश कुमारले संयुक्त रुपमा उद्घाटन गर्नुका साथै प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिलाई साँचो हस्तान्तरण गर्नुभएको हो । उद्घाटन समारोहमा जिसस प्रमुख खुलालले विद्यालयको भौतिक निर्माणसंगै शैक्षिक सिकाईलाई ध्यान दिन आग्रह गर्नुभयो । उहाँले विद्यालयको संरक्षण र प्रयोगमा ध्यान दिँदै शैक्षिक शिकाई गुणस्तरीय बनाउने तर्फ ध्यान दिन प्रधानाध्याप र विद्यालय व्यवस्थापनलगायत समुदायलाई समेत अनुरोध गर्नुभयो ।

कार्यक्रममा भारतिय महावाणिज्य दुतावासका कन्सुलर जनरल नितेश कुमारले भारत सरकारले गरेको सहयोगको उचित सदुपयोग होस भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले यस्ता खाले सहयोग निरन्तर रहने समेत बताउनुभयो । कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बिकट क्षेत्रमा विद्यालय निर्माणमा सहयोग पु¥याएको प्रति धन्यवाद व्यक्त गर्नुभयो । नवनिर्मित भवनमा कक्षा कोठा, प्रशासन तथा कर्मचारी कक्षलगायत १० वटा कोठा छन् । भने शौचालय छुट्टै निर्माण गरिएको छ । साविक जिल्ला विकास समिति मार्फत ठेक्का लगाइएको उक्त भवन जिससको विशेष पहलमा निर्माण सम्पन्न भएको हो । साविकको साना विकास परियोजना अन्तर्गत सो भवन निर्माण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक गोकर्ण थापाको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बागमती गाउँपालिकाका उपाध्यक्ष धनमाया स्याङतान, समन्वय अधिकारी आनन्दराज पोखरेल, ५ नम्बर वडाअ्रध्यक्ष बुद्धीमान माझि, जिसस सदस्य सरिता बिक, जिससका नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायत गाउँपालिकाका कर्मचारी, स्थानीय राजनैतिक दलका प्रतिनिधि, समाजसेवीहरुको उपस्थिती थियो ।

प्रतिक्रिया