प्रभावकारी बन्दै निशुल्क शव वाहन सेवा २ महिनाको अवधीमा २६ शव व्यवस्थापन

पालिका डायरी
१४ आश्विन २०७८, २०:२०
प्रभावकारी बन्दै निशुल्क शव वाहन सेवा २ महिनाको अवधीमा २६ शव व्यवस्थापन

सुनिता बिष्ट

 

हेटौंडा÷हेटौंडा उपमहानगरपालिकाले निशुल्क शव वाहनको सेवा दिन सुरु गरेको छ । गत साउन महिनादेखि सञ्चालनमा आएको उक्त शव वाहन सेवाले हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रका नागरिकहरुमा निकै प्रभावकारी हुँदै आएको पाइएको छ । विभिन्न कारणले घर, अस्पताल वा संस्थाको सरोवरमा रहेका कोही कसैको मृत्यु भइहालेमा आर्यघाट सम्म पु¥याउन सहज हुने गरेको छ ।
मृत्यु भएको पार्थिव शरिरलाई अन्त्यष्टीको लागि बोकेर हिड्नुपर्ने समस्याको अन्त्य होस् भन्ने उदेश्यले निशुल्क शव वाहनको सेवा सुरु गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको भनाइ रहेको छ । सोही अनुरुप हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडामा निशुल्कः शव वाहन सेवाले धेरैजना लाभान्वित भएका छन् ।

घरमा केही कारणले मृत्यु भएका शबलाई पोष्टमार्टमको लागि अस्पताल सम्म ल्याउन समेत सहज हुने गरेको छ, भने अस्पतालमा उपचारकै क्रममा मृत्यु भएमा अन्त्येष्टिको लागि घाटसम्म लानको लागि पनि निकै उपयोगी हुने गरेको छ । निशुल्क शव वाहनको सेवा सुरु भएदेखि अर्थात साउन ६ गतेदेखि मंगलबार सम्ममा २६ वटा शवको व्यवस्थापनमा सेवा प्रदान गरिएको हेटौंडा उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख तथा उक्त सेवाका फोकल पर्सन केशव देवकोटाले जानकारी दिए ।
हाल यो सेवा निकै प्रभावकारी भएको बताउँदै ‘निशुल्क शव वाहन सेवाले शव बोक्न जुन पायो उहि सवारीको साधनले मान्दैन । शव वाहन एम्बुलेन्स प्रयोग गर्दा पनि महड्डोमा पर्ने अवस्था छ । पैसा तिरे पनि सहजै सेवा पाउने स्थिती पनि रहँदैन । उपमहानगरपालिकाको यो सेवा निकै राम्र्र्रो भएको प्रतिक्रिया आएको छ,’ उनले भने ।

उनले भने ः ‘उपमहानगरपालिका भित्रका कहिँ कतै शव व्यवस्थापन गर्न परेको खण्डमा वडाका जनप्रतिनिधिहरुले सहजिकरण गर्ने गरेका छन् । सिधै हामीलाई सम्पर्क गर्न नसकिए वडाका जनप्रनिधिहरुले हामीलाई खबर गर्नुहुन्छ । त्यसैको आधारमा हामीले शव बोक्ने कार्यलाई निरन्तरता दिँदै आइरहेका छौं ।’ बिशेषगरी घरबाट घाटमा लाने भन्दा पनि घरबाट अस्पताल ल्याउने, अस्पतालबाट घाटसम्म लाने प्रक्रियाको लागि धेरै प्रयोग हुँदै आइरहेको देवकोटाले बताए ।

हरेक दिन २४ सै घण्टा सेवा दिइरहेको शव वाहन सेवाको आवश्यकता परेमा चालकलाई मेत सिधै फोन गर्न सकिने वाहन चालक रोशन कोइराला बताउँछन् । हामीले गाडीमै नम्बरहरु राखेका छौं । सोही नम्बरहरु लिएर आवश्यक परेको समयमा फोन गर्न पनि सकिन्छ । वडामा खबर गरेर वडाबाट बोलाउँदा पनि हुन्छ अथवा उपमहानगरपालिकाको कार्यालयमै सम्पर्क गर्दा पनि सेवाको लागि जुनसुकै समयमा पनि तयार अवसथामा बस्ने गरेका छौं, चालक कोइरालाले भने ।
काम भएको समयमा फिल्डमै रहेपनि शव बोक्न नपरेको समयमा उपमहानगरपालिकाको कार्यालय परिसरमै उक्त शव वाहन राखिने गरेको छ, भने हेटौंडा उपमहानगरपालिका भित्रका १९ वटै वडाका नागरिकहरुको लागि सेवामा खटिएको कोइराला बताउँछन् ।
यसअघिको अवस्थामा कसैको मृत्यु भइहालेमा बाँसमा राखेर आर्यघाट सम्म लगिदै आएको थियो । अब भने शव वाहनमा राखेर लैजानका लागि सहज बनाइएको मेयर महतले बताएका छन् । शव बोक्नुपर्ने वषौंदेखिको परमपरालाई पनि अब सहजता ल्याउनुपर्छ भन्ने उदेश्यले शव वाहनको व्यवस्था गरिएको बताउँदै उनले भनेः ‘कसैको घरमा मानिसको मृत्यु भएमा खोला सम्म लैजान टाढा पनि छ । मृतकका छोरा र आफन्तले खाली गोढाले सडकमा टेकेर सब बोक्नुपर्ने बाध्यता रहेको छ । मलामीहरु मोटरसाइकल र कारमा आर्यघाट जाने गरेका छन् । अब शव वाहनमा मृतकको लास लैजान सहज बनाइएको हो ।’

उपमहानगरपालिका क्षेत्रमा कसैको भवितव्य रुपमा खोलामा डुवेर, झुण्डएर, विष सेवन गरेर मृत्यु भएमा पोष्ट मार्टमका लागि अस्पताल सम्म ल्याउन पनि शव वाहनले सेवा दिने मेयर महतले बताए । उपमहानगरपालिकाले ठेक्का मार्फत २३ लाख ३५ हजार रुपैयाँ लागतमा शव वाहन खरिद गरिएको हो ।

प्रतिक्रिया