अर्धनग्न अवस्थामा महिलाको शव फेला

पालिका डायरी
१४ आश्विन २०७८, १२:३६
अर्धनग्न अवस्थामा महिलाको शव फेला

काठमाडौं । नयाँबानेश्वरमा अर्धनग्न अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

महानगरिय प्रहरी परिसरले बताए अनुसार वानेश्वर क्याम्पस अगाडि बाग्मती खोलाको पुलमुनी उक्त शव फेला परेको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुचना पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । घटनाको सम्बन्धमा पूरा जानकारी शवको पोष्टमार्टमपछि मात्रै आउने महानगरिय प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया