बैंकक गए माओवादी नेता पुन उपचारका लागि

पालिका डायरी
१३ आश्विन २०७८, १०:०१
बैंकक गए माओवादी नेता पुन उपचारका लागि

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुन उपचारका लागि बुधबार बिहान बैंकक गएका छन् । जन्डिसको पुरानो समस्या बल्झिएपछि उनी थप उपचारका लागि बैंकक गएका हुन् । चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि बैंकक गएको पुनका सहयोगी दयानिधि भट्टले जानकारी दिएका छन् । पुनसँगै पत्नी ओनसरी घर्ती पनि बैंकक गएकी छिन् ।

उनको यसअघि पनि बैंककमा उपचार गरिएको थियो । पुनले २०७२ सालमा पनि बैंककमा उपचार गराएका थिए । त्यतिबेला उनी लामो समय उपचारका लागि बैंककमा बसेका थिए । त्यसपछि पुनले नियमित औषधि लिइरहेको र प्रत्येक वर्ष फलोअपका लागि बैंकक गइरहेका थिए । तर पछिल्लो दुई वर्ष भने उनी कोभिड-१९ महामारीका कारण फलोअपमा जान नसकेको बताइएको छ ।

प्रतिक्रिया