कानून व्यवसायीनै ठगी मुद्दामा पक्राउ

पालिका डायरी
१२ आश्विन २०७८, ११:१६
कानून व्यवसायीनै ठगी मुद्दामा पक्राउ

चितवन ।   जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो ।

देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको सूचनामा प्रहरीमा परेको उजुरी मिलाइदिन्छु भनी आज आठ जनासँग जनही रु तीन लाख माग गरेपछि उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । भरतपुर महानगरपालिका–३ बस्ने ४१ वर्षीय राहुल गुप्ताले ठगी उद्योगमा जाहेरी दिनुभएको हो । सोपश्चात् देवकोटालाई पक्राउ गरिएको सूचनामा उल्लेख छ ।

मुद्दा मिलाइदिन्छु भनी रकम माग गरेपछि पक्राउ गरिएको हो ।” प्रहरीले देवकोटालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–२१ को दफा २४९ ठगी गर्ने व्यक्तिलाई सात वर्षसम्म कैद र रु ७० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया