कांग्रेस उपमहानगर सभापतिमा राउतको प्यानल सार्बजनिक

पालिका डायरी
८ आश्विन २०७८, २१:११
कांग्रेस उपमहानगर सभापतिमा राउतको प्यानल सार्बजनिक

 

हेटौडा / नेपाली कांग्रेसको नगर तथा पालिका स्तरिय निर्वाचन भोली (शनिबार) हुँने भएको छ। कांग्रेसको हेटौडा उपमहानगर सभापतिमा महेन्द्र राउतले आफनो प्यनल सार्बजनिक गरेकाछन् ।

वि.सं.२०४६ सालको आन्दोलन देखी विद्यार्थी राजनिति सुरु गरेका राउतले नेपाल वाणिज्य (नेवि) संघ जिल्ला कोषाध्यक्ष, जिल्ला सभापति हुदै नेपाली कांग्रेसको विभिन्न तहमा आफनो सकृय भुमिका रहदै आएको बताएकाछन् ।

नेपाली कांग्रेसको १२औ देखी १४औ अधिवेशनसम्म अत्याधिक बहुमतका साथ क्षेत्रिय प्रतिनिधिमा आफनो बिजयी सफलता पाईरहेका राउत कांग्रेसमा सबैलाई समेटेर अगाडी बढाउन सक्ने क्षमता भएकोले नगर सभापतिमा आफनो दाबेदारी रहेको बताएका छन् । राउतले निर्वाचनको अगिल्लो दिन पत्रकार सम्मेलन मार्फत आफनो प्यानल सार्बजनिक गरेका हुन ।

राउतको प्यानलमा उपसभापती रोशन गोले र ज्योती कोईराला रहेकाछन् भने सचिबमा गंगा पौडेल र कुमार पोख्ररेल रहेकाछन् । यस्तै सहसचिबमा अन्जनी पराजुली र सोममाया मोक्तान रहेको बताएकाछन् । यस्तै सदस्यहरुमा सरस्वती श्रेष्ठ ,दोर्नचार्य दाहाल, अमित बिक ,भिम बा देउला,सरस्वती श्रेष्ठ,लगएतका रहेका छन ।

अंश अघि पार्टीको जिल्ला सदस्य बनीसकेका राउत यो पटक नगरसभापतिमा पल्लाभारी ल्याउने दाउमा रहेका छन् । राउत पेशाले ईलेक्ट्रोनिक्स व्यवसायी हुन् । मकवानपुर उद्योग वणिज्य संघमा पूर्व महासचिव भएर समेत उनले आफनो अनुभव संगालेको बताउछन् । आफु युवा राजनितिबाट आएकाले युवालाई नै समेटेर अगाडी बढने उनको योजना छ । अब कांग्रेस युवाको काँधमा आईपरेको बताउदै आफुले लामो विद्यार्थी राजनितिमा पाएको सांगठनिक अनुभव प्रशिक्षित गराएर पार्टीलाई अग्रस्थानमा लग्ने राउतको भनाई छ ।

आफुसंगै विद्यार्थी राजनिति गरेका अन्य साथीहरु केन्द्रिय नेतृत्वमा पुगीसकेको बताउदै पार्टीभित्र आफु पछाडी परेकोले अबको यात्रा नगरसभापतिमा रहने राउतले बताए । उनले नगरमा काङ्ग्रेस लाई अझ बलियो बनाउने बताउनु भयो । पत्रकार सम्मेलनमा काङ्ग्रेस मकवानपुरका सल्लाहकार प्रभात दाहाल,पुर्ब जिल्ला सभापति राम चन्द्र अर्याल,नेतृ रिता खनाल,इन्दिरा नेउपाने,प्रबक्ता प्रदीप कोइराला,नेत्री उमा दाहाल, नेता तारा प्रसाद चौलागाईं लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया