१७५ किलो गाँजासहित हेटौंडाबाट दुई जना पक्राउ

पालिका डायरी
७ आश्विन २०७८, २०:३६
१७५ किलो गाँजासहित हेटौंडाबाट दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित आज (बिहिबार) दिउँसो दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले १७५ किलो लागूऔषध गाँजासहित मकवानपुरका दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ९ बस्ने ३१ वर्षीय मोहन स्याङतान र थाहानगरपालिका वडा नम्वर ३ बस्ने २४ वर्षीय प्रशान्त कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । प्रहरी निरीक्षक दासका अनुसार, उनीहरुलाई विशेष सूचनाको आधार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया