लामिछानेको सहयोगमा ३५० जना छात्रछात्रालाई न्यानो कपडा

पालिका डायरी
७ आश्विन २०७८, ०६:५१
लामिछानेको सहयोगमा ३५० जना छात्रछात्रालाई न्यानो कपडा

थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माध्यामिक विद्यालयका ३५० जना छात्रछात्रालाई न्यानो कपडा (ट्रयाक सुट) सहयोग गरिएको छ ।

 

समाजसेवी जयराम लामिछानेको सहयोगमा जिपी कोइराला फाउण्डेशन नेपाल मकवानपुर क्षेत्र नम्बर २ (क)को आयोजनामा न्यानो कपडा (ट्रयाक सुट) वितरण गरिएको हो ।

 

बितरण कार्यक्रम विद्यालयका अध्यक्ष राजीव कुमार स्याङ्तानको अध्यक्षता तथा फाउण्डेशन क्षेत्र २ (क)का संयोजक प्रमोदकृष्ण जोशीको प्रमुख अतिथ्यता भएको थियो ।

 

विद्यालयको बाल विकास केन्द्र देखी ८ कक्षासम्मका विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको थियो ।

 

चिसो मौसममा विद्यार्थीलाई विद्यालय आउनजान सहज पुग्ने हेतुले विद्यालय पोशाक सँग मिल्दोजुल्दो ट्रयाक सहयोग गरिएको फाउण्डेशन क्षेत्र २ (क)का संयोजक जोशीले बताउनुभयो ।

 

बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गर्ने जिपि कोइराला फाउण्डेशन र त्यसको संयोजन गर्ने जोशीको प्रति बिद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले धन्यवाद ज्ञापन गर्नुभयो ।

 

गतबर्ष फाउन्डेसनले घाटदेबी आधारभुत बिद्यालय थाहा-२, जनता प्राबि थाहा-३, पन्चकन्या प्राबि थाहा-२ मा पनि न्यानो कपडा (ट्रयाक सुट) बितरण गरिएको संयोजक जोशीले बताउनुभयो ।

प्रतिक्रिया