उपचारमा आएकाहरुलाई ३ महिने हस्तकला तालिम

पालिका डायरी
५ आश्विन २०७८, २१:४४

 

मकवानपुर÷हेटौंडामा आजदेखि ३ महिने बेतबाँस हस्तकला तालिम सुरु भएको छ । व्यवसायिक सिप विकास तालिम केन्द्र र सिआन पुनस्र्थापना केन्द्रको संयुक्त आयोजनामा बाँसबाट बनाइने हस्तकला तालिम सञ्चालन हुन लागेको सिआन पुनस्र्थापना केन्द्र हेटौंडाका अभियान्ता राजु न्यौपानेले जानकारी दिए ।
लागुऔषध दुव्र्यसनीमा फसेका मानिसहरुलाई उपचार गरिँदै आएको पुनस्र्थापना केन्द्रले उपचारको लागि बसेको समयमा पनि केहि सिप सिक्न पाउन् भन्ने उदेश्यले बेला बेलामा विभिन्न प्रकारका तालिमहरु दिने गरेको छ । यसअनुरुप अहिले पनि ३ महिने हस्तकला तालिमको आयोजन ागर्न लागिएको पुनस्र्थापना केन्द्रले जनाएको छ ।
सिप विकास तालिम केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा सिआन पुनस्र्थापना केन्द्रले केन्द्रमा उपचारका लागि रहेका मानिसहरुको लागि ३ महिने निशुल्क हस्तकला तालिम सञ्चालन गर्न लागिएको जानकारी दिएको छ । ‘फुर्सदको समयलाई सदुपयोग गर्न नसक्ने प्रमुख कारण समाजमा लागुऔषध दुव्र्यसनी बढेको बताउँदै अभियान्ता न्यौपानेले यसलाई केहि हदसम्म भएपनि नियन्त्रण गर्न सकिन्छ कि भनेर हामीले उपचारमा आएका मानिसहरुलाई तालिमहरु दिने गरेका छौं’।
न्यौपानेले भने ः यहाँबाट उपचार पछि घर फर्कदाँ कम्तीमा पनि साँच्चिकै सुध्रिएको रहेछ भन्ने उनका परिवारहरुलाई पनि आभाष दिलाउने नै सिआन पुनस्र्थापना केन्द्रको मुख्य उदेश्य हो । हामीले उपचारको लागि ६ महिना यहाँ राख्ने गरेका छौं । यो अवधिमा उपचारको साथसाथै विभिन्न सिप तथा ज्ञान पनि हाँसिल गराउने कोसिस गर्दै आइरहेका छौं । यो भन्दा अघि पनि ३ महिने इलेक्ट्रिकल सम्बन्धि तालिम सञ्चालन गरेका थियौं । यहाँबाट फर्किएर घर गएपछि फेरी उस्तै स्थितीमा युवाहरु नपुगुन्, फेरी पनि काम नपाएर लागुऔषधलाई नै साहाराको रुपमा नलिउन् र यहाँबाट निस्कँदा केहि नयाँ सोचको साथ सुधार केन्द्रबाट साँच्चै सुध्रिएर आएँ भन्ने महशुस होस् भनेर हामीले तालिम सञ्चालन गर्ने गरेका छौं ।
अभियान्ता न्यौपानेको अनुसार सिआन पुनस्र्थापना केन्द्रले लागुऔषधमा फसेका मानिसहरुलाई उपचारको साथसाथै सिपमुलक तालिमहरु पनि दिँदै आइरहेको छ । तालिमको लागि प्राविधिक सहयोग सिप विकास तालिम केन्द्रले गर्ने छ भने आवश्यक बेद बाँस, कैची, गम लगाएतका सामाग्रीहरु पुनस्र्थापना केन्द्रले नै उपलब्ध गराउने बताइएको छ । उपचारको लागि बसेका मानिसहरुको लागि निशुल्क प्रदान गर्न लागिएको तालिममा १५ जनाको कोटा रहेको छ । जसमा २÷४ जना थप गरेर २० जनासम्मलाई तालिम प्रदान गरिने केन्द्रको भनाइ छ ।
तालिममा सहभागिता गराउनको लागि पनि उनीहरुका परिवारसँग अनुमती लिएर मात्रै समावेश गराइने अभियान्ता न्यौपानेले जानकारी दिए । ‘सुधारको लागि बस्ने समयलाई मध्यनजर गरेर मात्रै सहभागी गराइने छ । तीन महिनाको तालिम भएको कारण बीचमा छोडेर जाने अवस्था नआओस् भनेर उनीहरुको बस्ने समयलाई ध्यानमा राखेर तीन महिनाको पूरा समय दिन सक्नेहरुलाई तालिम दिने छौं,’ न्यौपानेले भने ।
जिल्लामा २०७३ सालबाट सञ्चालनमा आएको सिआन पुनस्र्थापना केन्द्रले लागुऔषध दुव्र्यसनीमा फसेका व्यक्तीहरुको विभिन्न तरिकाको उपचार पद्धतीबाट दुव्र्यसनी छुटाउने कार्य गर्दैआइरहेको छ । उपचार अवधि ६ महिनाको हुने र आवश्यक परेको खण्डमा समय थप गर्दै लैजाने व्यवस्था रहेको छ । यस केन्द्रमा भर्ना भएका हरेक सदस्यहरुको स्वास्थ्य परिक्षण गरिने तथा शारीरिक स्वस्थता प्रदान गर्नको लागि चिसो ग्लुकोज पानी, कागती पानी प्रशस्त मात्रामा खुवाउने व्यवस्था छ ।
त्यस्तै चीसो पानीमा नुहाउन विधि अपनाइएको, शारीरिक र मानसिक सन्तुलन ल्याउन योगाभ्यास व्यवस्था, विभिन्न खेलकुदका कार्यक्रमहरु जस्तै ः स्नोकर पुल, ब्याडमिन्टन खेल, टेबलटेनिस, क्यारिमवोर्ड संचालन, शारीरिक व्यायाम गराईने, जिम गर्न चाहनेहरुका लागि जिम हलको व्यवस्था समेत रहेको छ ।
भावनात्मक परिवर्तन ल्याउन व्यक्तिगत परामर्श, सामूहिक परामर्श, नैतिक शिक्षाका कक्षाहरु, छलफल तथा प्रश्नोत्तर, इन्भेन्ट्रि लेखन, भूमिका निर्वाह वारेमा प्रयोगात्मक कक्षाहरू संचालन, सामाजिक कार्यक्रममा सहभागी गराइने, क्रियात्मक उपचार आपसी छलफल, व्यक्तिगत परामर्श, मनोवैज्ञानिक परामर्श र सांगितिक प्रशिक्षण समेत दिइने, आध्यात्मिक परिवर्तन ल्याउन योग शिक्षा, जीवन जीउने कला, शान्तिको सन्देशका कक्षाहरू संचालन गर्ने गरिएको केन्द्रका प्रमुख सौजन डिसीले बताए । २०७३ सालदेखि सञ्चालन भएको उक्त पुर्नस्थापना केन्द्रमा हाल सम्म लगभग ९ सय देखि हजारको हाराहारीमा उपचार तथा सुधार कार्य गरिएको डिसीको भनाइ छ ।

खराव संगत, मानसिक तनाव र असफल बैवाहिक सम्बन्धका कारण दुब्र्यसनीमा किशोरीको संख्या मकवानपुरमा बढ्दै गएको छ । दुब्र्यसनी पुनस्र्थापना क्षेत्रमा काम गर्दै आएका संघ–संस्थाहरूका अनुसार मकवानपुरमा करिव १२ हजार लागुऔषध प्रयोगकर्ता रहेको छन् । त्यस्ता किशोर र किशोरीहरूको संख्या दिनप्रति दिन बढिरहेको छ । मकवानपुर जिल्ला लागुऔषध ओसार पोसारको केन्द्र विन्दु सँगै विभिन्न पारिवारि साथीसंगीको कारण पनि युवाहरू दुब्र्यसनमा फसिरहेको यसक्षेत्रमा काम गर्ने संस्थाहरूको भनाइ छ । हाल उक्त सुधार केन्द्रमा ३७ जना पुरुषहरु उपचारको क्रममा रहेका छन् ।

 

प्रतिक्रिया