कुलमान नियुक्तिविरुद्धको रिटमाथि प्रधानन्यायाधीशको इजलासमा सुनुवाइ हुँदै

पालिका डायरी
५ आश्विन २०७८, १२:४२
कुलमान नियुक्तिविरुद्धको रिटमाथि प्रधानन्यायाधीशको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदै छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा उक्त मुद्दाको पेसी तोकिएको छ । आजको सुनुवाइ सूचीमा यो मुद्दा पहिलो नम्बरमा रहेको छ ।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध गत साउन ३२ गते उक्त रिट दायर गरेका थिए ।

यसअघि पनि उक्त रिट प्रधानन्यायाधीशकै इजलासमा राखिए पनि सुनुवाइ हुन सकेको थिएन । शाक्यले आफूलाइ अन्यायमा पारिएको भन्दै मुद्दा दायर गरेका हुन् । साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणमा कार्यकारी निर्देशक रहेका शाक्यलाई सोहीसरहको सुविधा दिनेगरी ऊर्जा आयोगमा सरुवा गरेर कुलमानलाई प्राधिकरणमा नियुक्ति गरेको थियो ।

 

प्रतिक्रिया