४ वर्षदेखि सुस्ताउँदै हेटौंडाको डिजल प्लान्ट

पालिका डायरी
४ आश्विन २०७८, २०:३०
४ वर्षदेखि सुस्ताउँदै हेटौंडाको डिजल प्लान्ट

मकवानपुर÷हेटौंडाको डिजल प्लान्ट ४ वर्षदेखि सञ्चालनमा आएको छैन । विद्युत् खपतमा कमी र रनअफ रिभरमा आधारित हाइड्रोपावरले धानिरहेका कारण महंगो डिजल प्लान्ट सञ्चालन गर्नु नपरेको हेटौंडा डिजल केन्द्र प्रमुख बिनोदकुमार यादब बताउ“छन् ।
१ मेगावाट् विद्युत् उत्पादन गर्न २५ लिटरसम्म डिजल आवश्यक पर्ने भएकाले निकै खर्चिलो विद्युत् उत्पादनकका रुपमा डिजल प्लान्ट मानिन्छ । विद्युत् माग बढेस“गै २०२२ सालमा जडान गरिएको प्लान्ट हाल आवश्यक परे मात्र चलाउने गरी तयारी अवस्थामा राखिएको छ । तर, जलविद्युत् आयोजनाबाट ग्राहकको माग पूरा भइरहेका कारण डिजल प्लान्ट सञ्चालन गर्नु नपरेको करिब ४ वर्ष भएको हेटौंडा डिजल केन्द्रका प्राविधिक उमेश राउतले जानकारी दिए ।

१४ दशमलव ४१ मेगावाट् क्षमताको हेटौंडा डिजेल प्लान्टमा आजभोलि मेसिनहरु नबिग्रियोस् भनेर महिनाको एकपटक चलाउने गरिएको छ । जलविद्युत्ले माग धान्न नसकेको अवस्थामा विद्युत् आपूर्ति माग धान्न तयारी अवस्थामा राखिएको केन्द्र प्रमुख यादबले बताए । हरेक २५ गते सा“झ मेसिनलाई चालु अवस्थामा राख्न एकपटक प्लान्ट सञ्चालन गर्ने गरिएको छ । ‘४ देखि ५ मिनेटमात्र मेसिन चलाएर आवश्यक परे विद्युत् उत्पादन गर्ने गरी तयारी अवस्थामा राखेका छौं,’ यादबले भने ।

पहिले हाइड्रोपावर हाउस धेरै सञ्चालनमा नआएका समयमा विद्युत् आपूर्ति पूरा गर्न नसक्दा नेपाल विद्युत् प्राधिकरणले डिजल प्लान्ट जडान गरेको थियो । यादबले भने–हालसम्म चालु अवस्थामा रहेको डिजल प्लान्ट यहा“को मात्र हो । बा“की डिजल प्लान्ट बन्द छन् । पानीबाट बिजुली निकाल्दा निकै सस्तो पर्ने भएकाले हाल हाइड्रोपावरले नै बिजुलीको माग धानिरहेको छ । दशैं र तिहारलगायत विद्युत् बढी खपत हुने चाडपर्वमा आवश्यकताका आधारमा चलाउने गरी तयारी अवस्थामा राखिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सरकारलाई करिब २ करोड ६० लाख कर तिरेर ५० प्रकारका पार्टपुर्जा हेटौंडा ल्याएर सबै ७ प्रकारका मेसिन मर्मत गरेको थियो । ती पार्टपूर्जा मेसिन उत्पादक मुलुक बेलायतबाट मगाइएको हो । अर्थ मन्त्रालय नमानेका कारण तिर्ने रकम नहु“दा स्पेयर पार्ट्सहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गोदाममा थन्किएका थिए । केन्द्रले आर्थिक वर्ष २०६७÷०६८ को बजेटमध्ये ७ करोड ३० लाख खर्चेर पार्टस् मगाएको थियो ।

मेसिन धेरै पुरानो भएका कारण कुल १४ दशमलव ४१ मेगावाट् विद्युत् उत्पादन क्षमताको हेटौंडा डिजेल केन्द्रले हाल १० मेगावाट्मात्र विद्युत् उत्पादन गर्न सक्दछ । बिराटनगरस्थित ३९ मेगावाट् क्षमताको अर्को डिजेल प्लान्ट बन्द भएपछि नेपालमा हेटौंडामा मात्र डिजेल प्लान्ट छ ।
प्राधिकरण मातहत ५३ मेगावाट्का डिजेल प्लान्ट सञ्चालन खर्च अत्यन्त महंगो भएका कारण बन्द गरेको छ । १ लिटर डिजेलबाट ३ युनिट विद्युत् उत्पादन हुन्छ । यसअनुसार १ मेगावाट् विद्युत् २४ घण्टासम्म उत्पादन गर्न ८ हजार लिटर डिजेल आवश्यक पर्छ । ८० मेगावाट् विद्युत् अधिक मागको समय (पिकआवर) मा मात्र उत्पादन गर्ने हो भने १६ हजार लिटर डिजेल आवश्यक पर्छ ।

प्रतिक्रिया