बजेट पास भएपछि ओलीको प्रतिक्रिया- ‘पेलुन् न पेलुन्, कतिसम्म पेल्छन् !’

पालिका डायरी
४ आश्विन २०७८, १४:५९
बजेट पास भएपछि ओलीको प्रतिक्रिया- ‘पेलुन् न पेलुन्, कतिसम्म पेल्छन् !’

काठमाडौं  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूहरुलाई पेलेको प्रतिक्रिया दिएका छन् । पूर्व-प्रधानमन्त्री समेत रहेका ओलीले सोमबार संसदबाट बजेट पास भएपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै आफूहरू सरकारबाट पेलिएको आशय व्यक्त गरेका हुन् ।

सोमबार प्रतिनिधिसभाबाट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को नाराबाजीका बीच बजेट विनियाेजन विधेयक बहुमतले पारित गरिएकाे छ । त्यसपछि संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुले ओलीलाई सरकारले पेलेरै विधेयक पारित गर्यो नि ? भनेर गरेको प्रश्नमा उनले भने, ‘पेलुन् न पेलुन्, कतिसम्म पेल्छन् !’

धेरै बोल्न नचाहेका अध्यक्ष ओलीले अन्य प्रतिकृया भने दिएनन् । यतिकैमा अध्यक्ष ओली संसद भवनबाट बाहिरिएर निस्केका थिए ।

प्रतिक्रिया