४ बर्षको उपचार पछि पारिवारिक पुनर्मिलन

पालिका डायरी
३ आश्विन २०७८, २१:११
४ बर्षको उपचार पछि पारिवारिक पुनर्मिलन

हेटौंडा÷मानवसेवा आश्रम हेटौंडाले विगत ४ बर्षदेखि आश्रममा रहँदै आएका भारतिय नागरिकको पारिवारिक पुनर्मिलन गराएको छ ।

भारतको पट्ना नानदर मा गत विश्व विद्यालयमा बिबिएस दोस्रो बर्षमा अध्ययन गर्ने क्रममा मानसिक समस्या भएर नेपाल आईपुगेका मनिष यादबलाई मानव सेवा आश्रमले बाग्लुङ बाट उदार गरेको थियो । मानवसेवा आश्रम मुख्य कार्यालय हेटौंडामा ल्याएर ४ बर्ष भन्ला लामो समय राखेर उपचार गर्दै आइरहेको थियो । आश्रमले परिवार खोजी कार्यको ५ बर्ष पछि आश्रमले यादवका आफन्तहरुसँग आइतबार मानवसेवा आश्रम हेटौंडाबाट नै पारिवारिक पुनर्मिलन सफल भएको छ ।
२०७४ सालमा बागलुङबाट उद्धार गरि मानवसेवा आश्रम मुख्य कार्यालय हेटौंडा ल्याएर मानसिक औषधी तथा उपचार गरेर राखिएकोमा शनिबार राति ११ बजे परिवार खोजी कार्य गरि जिम्मा लगाएको मानवसेवा आश्रम हेटौंडाका अभियान्ता होमनाथ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया