यस्ता छन् ६ सदस्यीय मन्त्रिपरिषदका दुई महिनाका काम

पालिका डायरी
२ आश्विन २०७८, २०:१४
यस्ता छन् ६ सदस्यीय मन्त्रिपरिषदका दुई महिनाका काम

काठमाडौं । प्रधानमन्त्री नियुक्त भएको दुई महिना वितिसक्दा पनि सरकार विस्तार गर्नसमेत गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारले दुई महिनाभित्र गरेका १५ कामको सूची सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री देउवाको सचिवालयले शनिबार सरकारका १५ कामको सूची सार्वजनिक गरेको हो । पाँच दलीय गठबन्धनको समर्थनमा सरकारको नेतृत्व गरेका देउवाले ६ जनाको मन्त्रिमण्डल बनाएपनि दुई महिना वितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता, योग्य र अनुभवी व्यक्तिलाई सही जिम्मेवारी दिने नीति अनुरूप विद्युत प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्ति लगायतलाई सरकारको महत्वपूर्ण उपलब्धि भन्दै सार्वजनिक गरिएको छ ।

खोप केन्द्रको चुस्त व्यवस्थापन र एकैदिन तीन लाखलाई खोप दिन सफलता, १८ वर्षमुनिका बालबालिकालाई दिइने ४० लाख मात्रा मोर्डना खोपको टुंगो, बाढी पहिरो र डुबान पीडितको युद्धस्तरमा उद्धार तथा राहत र पुनःस्थापना, कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि विशेष प्याकेजको घोषणा भएको सूचीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया