एक हप्ताभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : अध्यक्ष नेपाल

पालिका डायरी
१ आश्विन २०७८, १९:३६
एक हप्ताभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : अध्यक्ष नेपाल

मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले आगामी साता मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । अध्यक्ष नेपालले सरकारमा जान आफूहरु तयार रहेको पनि बताए ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिरेर नयाँ मानक स्थापित गर्ने दाबी पनि गरेका छन् । उनले बाग्मती र प्रदेश १ सरकारको नेतृत्व आफूहरुले गर्ने पनि बताए ।

नेकपा एमाले विभाजनपछि प्रदेश एकमा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिरहेका छन् । उनीहरु एमालेमै रहेपछि नेकपा समाजवादीले समर्थन फिर्ता लिइसकेको छ । र दुवै प्रदेशमा विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउन तयारी गरिरहेको छ ।

प्रतिक्रिया