अहिलेसम्म प्रेममा परेकी छैन : गायिका एलिना चौहान

पालिका डायरी
१ आश्विन २०७८
अहिलेसम्म प्रेममा परेकी छैन : गायिका एलिना चौहान (भिडियो)

काठमाडाैँ । पछिल्लो समय चर्चामा रहेकी गायिका हुन्, ऐलिना चौहान् । सबै प्याटनमा गीत गाउन रुचाउने गायिका चौहान एकमात्र प्याटनमा गीत गाउँदा पछिसम्म चल्न गाह्राे हुन सक्ने बताउँछिन् । सांगीतिक क्षेत्रमा आउनुभन्दा पनि टिक्नुपर्ने चुनाैती रहेकाे उनी बताउँछिन् ।

न्यूज २४ को ‘ई टक’ कार्यक्रममा बोल्दै आफू समाजमा रहेको खराब तत्वसँग लड्न छुच्ची भएको उनले बताइन् । कभर गीत गाएर संगीत क्षेत्रमा आएकी एलिना सुरु-सुरु आफुले कभर गर्दा संगीत क्षेत्रकै व्यक्तिहरुले कभरे, बोक्रे कलाकार भनेर हेपेकाे कुराले उनलाइ निकै दु:ख लागेको बताइन् ।

संगीत क्षेत्रमा अहिलो चर्चाको शिखर पुग्नको लागि आमाको ठुलो हात रहेको एलिना बताउछिन् । लभ सङ्ग्सबाट सांगीतिक आकाशमा पसेकी एलिनाले प्रेमका लागि समय नभएको पनि बताइन् । ‘घरमा विवाहको लागि समेत खासै फोर्स छैन, तर पनि ५ वर्षसम्म म विवाहको लागि सोच्दिनँ,’ उनले भनिन् ।

प्रेम प्रसंगबारे उनी खुलेरै बाेलिन्, ‘लाइफ पार्टनर छान्ने अधिकार बुबाआमाले आफैँलाई छाड्नुभएको छ । अहिलेसम्म प्रेममा परेकी छैन । लाइफ पार्टनर ‘म यस्तो उस्तो’ भन्ने भन्दा पनि मेरो करियरमा ‘सर्पोट’ गर्ने खालको मान्छेलाई छान्छु । अनुहार त बुढेसकाल लाग्दै जाँदा चाउरिँदै जाने कुरा त हुन् नि ।’

प्रतिक्रिया
alina-chaiuhan