हेटौंडाका कार्कीले हात पारे बम्पर उपहार स्कुटर

पालिका डायरी
१२ मंसिर २०८३, १९:५७

हेटौंडा /   मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरले आयोजना गरेको चाडपर्व लक्षित उपहार कार्यक्रममा बम्पर पुरस्कार ईलेक्ट्रिक स्कुटर हेटौंडा १८ हर्नामाडीका उज्वल कार्की ( र.नं.१२६२०)ले जितेका छन् । शनिबार हेटौंडाको बुद्धचोकमा नेपाल मोवाईल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार घिमिरेले लक्की ड्र मार्फत अर्धकट्टी तान्दा कार्कीले स्कुटर जितेका हुन् ।

त्यस्तै, ४ जना ग्राहकले ३२ ईन्चको स्मार्ट टिभी प्राप्त गरेका छन् । टिभी प्राप्त गर्नेमा पर्वत जिम्बा(र.नं.०५८९१), कृष्ण थापा(र.नं.१४७७८), नमन अग्रवाल(र.नं.०७३२७), दिलन सुन्दास(र.नं.०७३३९) रहेका छन् । यसैगरी २ जनाले स्मार्ट मोवाईल सेट प्राप्त गरेका छन् । प्राप्त गर्नेमा गौतम प्रधान(र.नं.०१४२१) र नवीन परियार(र.नं.१७७१४) रहेका छन् । एशोसिएसनले भाग्यशाली १०२ जनालाई पुरस्कार प्रदान गरेको छ ।

५० जनालाई एयरवर्डस, २५ जनालाई, पावरबैंक र २० जनालाई बारफोन सेट प्रदान गरिएको कार्यक्रम संयोजक एंव म्यान मकवानपुरका कोषाध्यक्ष प्रवेश चापागाईले बताए । एक हजार भन्दा माथिको मोवाईल सामाग्री खरिदमा उपहार कार्यक्रमको कुपन ग्राहकलाई निशुल्क प्रदान गरेका थियौं, सोही अनुरुप आज नतिजा सार्वजनिक गरिएको उनले बताए ।

म्यान मकवानपुरका अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिं रानाभाट, मोवाईल महासंघका केन्द्रीय महासचिव छतेन्द्र आचार्य, जिल्ला प्रहरी प्रमुख श्यामबहादुर खत्री, महासंघ केन्द्रीय सदस्य नवराज चौलागाई, प्रदेश अध्यक्ष एसीस रिजाल, एशोसिएसनका पूर्व अध्यक्ष दिनेश लामा, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, एशोसिएसनका पुर्वी शाखा अध्यक्ष गणेश थापामगर, पश्चिम शाखा अध्यक्ष रुद्र बहादुर मोक्तान, प्रेस सल्लाहकार श्रीराम अर्जुन लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई समापन गर्दै अध्यक्ष न्यौपानले विजेतालाई बधाईका साथै सम्पूर्ण ग्राहकहरुलाई धन्यवाद व्यक्त गरे । उनले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने मकवानपुरका सम्पूर्ण सदस्य विक्रेताहरुलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया