अभियन्ताले सुकुम्बासीलाई सडकमै खाना खुवाए

पालिका डायरी
१२ मंसिर २०८३, १३:१८

भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीले शनिबार बिहान सडकमा बसेर खाना खाएका छन्।  स्थानीय प्रशासनले होल्डिङ सेन्टरभित्र खाना लैजान अनुमति नदिएपछि उनीहरू सडकमा बसेर खाना खान बाध्य भएका हुन्।

सरकारले होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि गास र बासको चिन्तामा रहेका सुकुम्बासीलाई सहयोग गर्न जेन-जी अभियन्ता माजिद अन्सारीसहितको टोली शनिबार बिहान खाना लिएर पुगेको थियो। तर, प्रशासनले सेन्टरभित्र खाना लैजान रोक लगाएपछि उनीहरूले सडक किनारमै बसेर खाना खाएका हुन्।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गर्दै शुक्रबारसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। तर, वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म सेन्टर नछाड्ने अडानमा सुकुम्बासी रहेका छन्।

सरकारको निर्देशनपछि होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीको व्यवस्थापनको विषय पेचिलो बनेको छ।

प्रतिक्रिया