लोकतान्त्रिक चेपाङ संघ मकवानपुरको नेतृत्वमा विष्णुलाल चेपाङ
नेकपा एमालेसम्बद्ध लोकतान्त्रिक चेपाङ संघ नेपालको मकवानपुर जिल्ला नेतृत्व चयन भएको छ। संघको दोस्रो जिल्ला अधिवेशनले विष्णुलाल चेपाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कमिटी गठन गरेको हो।
अधिवेशनबाट उपाध्यक्षमा पूर्णबहादुर चेपाङ र कृष्णबहादुर प्रजा चयन भएका छन्। त्यस्तै, सचिवमा राजु प्रजा तथा उपसचिवमा रोश्नी प्रजा र राममाया प्रजा निर्वाचित भएका छन्।
नवनिर्वाचित कमिटीका सदस्यहरूमा शान्ती प्रजा, भीमबहादुर प्रजा, इश्वरी प्रजा, सन्तलाल प्रजा थापा, जुना प्रजा, निशा प्रजा, राममाया प्रजा, शुकलाल प्रजा, रजनी प्रजा र इमान प्रजा र सन्तलाल प्रजा रहेका छन्। संघका केन्द्रीय अध्यक्ष सन्तबहादुर चेपाङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर राना प्रमुख अतिथि रहेका थिए।
अधिवेशनमा संविधान सभा सदस्य तथा बागमती प्रदेश कमिटी सदस्य गोविन्दराम चेपाङ, एमाले मकवानपुर जिल्ला कमिटी उपसचिव फुर्वा दोर्जे लामा, सुन्तली चेपाङ, बाबुलाल स्याङतान र सिङ्गलाल चेपाङलगायतको उपस्थिति थियो। नयाँ नेतृत्व चयनसँगै संघले जिल्लामा चेपाङ समुदायको हकहित, पहिचान र अधिकारका विषयलाई संगठनमार्फत अघि बढाउने जिम्मेवारी पाएको छ।

