अधुरा सडकप्रति वडाध्यक्ष सिग्देलको चेतावनी जनतालाई सास्ती दिएर विकासको नाममा लापरबाही स्वीकार्य छैन
हेटौँडा / हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले नगरभित्र लामो समयदेखि अधुरा रहेका सडक निर्माणका विषयमा कडा प्रतिक्रिया जनाएका छन्। निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण नागरिकले अनावश्यक सास्ती भोग्नुपर्ने अवस्था स्वीकार्य नहुने भन्दै उनले जिम्मेवार निकायलाई तत्काल आफ्नो दायित्व पूरा गर्न आग्रह गरेका छन
हेटौँडा–४ लगायत नगरका विभिन्न स्थानमा सडक निर्माण समयमै सम्पन्न नहुँदा नागरिकले आवतजावतमा कठिनाइ भोग्नुका साथै निर्माणस्थलबाट उड्ने धुलोका कारण जनस्वास्थ्य र दैनिक जनजीवनसमेत प्रभावित भइरहेको सिग्देलले बताएका छन्।
विकास निर्माणमा जनप्रतिनिधिको भूमिका र निर्माण व्यवसायीको जिम्मेवारीबारे स्पष्ट पार्दै उनले योजना छनोट, बजेट व्यवस्थापन तथा आवश्यक स्रोत जुटाउन पहल गर्नु जनप्रतिनिधिको दायित्व हो भने सम्झौताअनुसार समयमै गुणस्तरीय काम सम्पन्न गर्नु सम्बन्धित निर्माण व्यवसायीको कानुनी तथा व्यावसायिक जिम्मेवारी भएको बताए।
उनले भने, ‘योजना छनोट र बजेट व्यवस्थापन जनप्रतिनिधिको जिम्मेवारी हो त्यसपछि सम्झौताअनुसार समयमै गुणस्तरीय निर्माण गर्नु निर्माण व्यवसायीको जिम्मेवारी हो। निर्माण व्यवसायीको ढिलासुस्ती वा लापरबाहीको सजाय नागरिकले भोग्नुपर्ने अवस्था स्वीकार्य हुन सक्दैन अध्यक्ष सिग्देलले भने
जनप्रतिनिधिले आवश्यकताको पहिचान, योजना छनोट, बजेट व्यवस्थापन र सार्वजनिक खरिद प्रक्रियाअनुसार निर्माण कार्य अगाडि बढाउन आवश्यक पहल गर्दै आएको उल्लेख गर्दै उनले ठेक्का सम्झौता गरिसकेपछि निर्माण व्यवसायी आफ्नो दायित्वबाट पन्छिन नमिल्ने स्पष्ट पारे।
सार्वजनिक खरिद ऐन र प्रचलित कानुनअनुसार सम्बन्धित कार्यालयबाट बोलपत्र आह्वान भई छनोट भएका निर्माण व्यवसायीले सम्झौतामा उल्लेखित समयसीमा, गुणस्तर र मापदण्डको पूर्ण पालना गरि काम समएमा सकाउनु पर्नी जिम्मा निर्माण ब्याबसायिको भएको उनको भनाइ छ।
निर्माणको नाममा सडक खनेर अलपत्र छाड्ने, नागरिकलाई धुलो र सास्तीमा राख्ने अनि जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने सन्देश दिँदै उनले सम्बन्धित निर्माण व्यवसायी, प्राविधिक तथा जिम्मेवार कार्यालयलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गरेका छन्
निर्माण कार्यमा अनावश्यक ढिलासुस्ती भए सम्झौताअनुसार कारबाहीको प्रक्रियासमेत अगाडि बढाउनुपर्ने उनको धारणा छ।
वडाध्यक्ष सिग्देलले नागरिकका समस्याप्रति आफू संवेदनशील रहेको बताउँदै अधुरा सडक निर्माण सम्पन्न गराउन निरन्तर पहल, समन्वय र खबरदारी गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
उनले विकास निर्माण कुनै एक व्यक्ति वा निकायको मात्र जिम्मेवारी नभई सबै पक्षको साझा दायित्व भएको उल्लेख गरे।
‘विकास साझा हो, जिम्मेवारी पनि सबैको हो। नागरिकलाई सास्ती दिएर कुनै पनि विकास आयोजना अधुरो रहनु हुँदैन। हामी आफ्नो जिम्मेवारीबाट पछि हट्दैनौँ। विकास निर्माणका
अधुरा सडकका कारण नागरिकले दैनिक रूपमा समस्या भोगिरहेका बेला वडाध्यक्ष सिग्देलको यो अभिव्यक्तिले विकास निर्माणमा जनप्रतिनिधिसँगै ठेक्का लिने निर्माण व्यवसायी र कार्यान्वयन गर्ने कार्यालयसमेत जवाफदेही हुनुपर्ने बताएका छन


