भीमफेदीको इपामा बसको ठक्करबाट ५८ वर्षीया महिलाको घटनास्थलमै मृत्यु
मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित इपाको देउरालीमा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय अन्दाजी ५८ वर्षीया लीला खत्री रहेकी छन्। स्थानीय जनप्रतिनिधि नवराज अधिकारीका अनुसार इपाबाट भीमफेदी हुँदै हेटौँडातर्फ आउदै गरेको बा.२ ख. ९४३० नम्बरको बसबाट ओर्लिएर सडक पार गर्ने क्रममा खत्रीलाई सोही बसले ठक्कर दिएको थियो। बसले किच्दा उनको घटनास्थलमै मृत्यु भएको अधिकारीले जानकारी दिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीले आवश्यक समन्वय गर्दै कानुनी प्रक्रिया अघि बढाएको छ। मृतक खत्रीको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइँदै गरेको जनाइएको छ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया

