कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

पालिका डायरी
११ कार्तिक २०८३, १६:५०
कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।

प्राप्त जानकारीअनुसार, कात्तिक ११ गते बिहान करिब ९ बजे स्थानीय ४८ वर्षीय तेम्बा रिन्जे शेर्पाले मादक पदार्थ सेवन गरी आफ्नी ४९ वर्षीया श्रीमती मिङ्माछिकी शेर्पालाई कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी मिङ्माछिकीको मृत्यु भएको हो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तेम्बा रिन्जे शेर्पालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया