सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घट्यो

पालिका डायरी
९ कार्तिक २०८३, १४:०४
आज सुनचाँदीकै मूल्यमा पहिरो

दशैँको बिदापछि खुलेको नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै आइतबार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कात्तिक २ गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २३० रुपैयाँले घटेको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन कात्तिक २ गते चाँदीको मूल्य प्रतितोला ४ हजार १८५ रुपैयाँ थियो ।

दशैँ बिदापछि बजार खुलेसँगै सुन र चाँदी दुवैको मूल्यमा गिरावट देखिएको हो ।

प्रतिक्रिया