चिरीबाबुले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी
ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन्।
मंगलबार राष्ट्रिय सभागृहमा उनले खुलातर्फ कांग्रेस केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन्। उनले मनोनयन दर्तापछि संचारकर्मीसँग कुरा गर्दै सभापतिमा गगन थापा भारी मतले निर्वाचित हुने दाबी गरे। कांग्रेसभित्र प्रतिस्पर्धा हुनु सामान्य कुरा रहेको उनको भनाई छ।
उनले भने, ‘नेपाली कांग्रेस भनेको नेपालको लार्जेस्ट डेमोक्रेटिक पार्टी हो। प्रजातान्त्रिक पार्टीभित्र कम्पिटिसन हुनु भनेको सामान्य कुरा हो। यसलाई अचम्म मान्नुपर्ने आवश्यकता छैन। तर लेखिराख्नुस्, गगन कुमार थापा धेरै भोट ल्याएर उहाँ जित्नुहुन्छ।’
ललितपुर महानगरपालिकाको दुई पटक मेयर भएका महर्जन अब पार्टी राजनीतिमा सक्रिय हुने तयारीमा लागेका हुन्।

प्रतिक्रिया

