कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा एक जनाको मृत्यु

पालिका डायरी
२० आश्विन २०८३, १६:५१
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

रामेछापको लिखुतामाकोशी गाउँपालिका–४, बिजुलीकोटमा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महत रहेका छन्। महत असोज १९ गते दिउँसो करिब १२ बजे कमेरो माटो लिन जाने भन्दै घरबाट निस्किएका थिए। तर, दिउँसो ३ बजेसम्म पनि घर नफर्किएपछि परिवार तथा स्थानीयले उनको खोजी सुरु गरेका थिए।

खोजी गर्ने क्रममा भोलिपल्ट अर्थात् असोज २० गते दिउँसो करिब १२ः३० बजे घरदेखि करिब १.५ किलोमिटर उत्तरतर्फ रहेको कमेरो माटो निकाल्ने स्थानमा माटोको ढिस्को खसेको भेटिएको थियो।

ढिस्को पन्छाउने क्रममा सोही स्थानबाट महतको शव फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्ररिले जनाइएको छ।

प्रतिक्रिया