रास्वपाको नियत संविधानको मर्ममै प्रहार गर्ने देखियो, मुलुक द्वन्द्वमा जान सक्छः वर्षमान
file photo
नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले संविधानका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताजस्ता मूल आधार कमजोर पार्ने गरी संशोधन गरिए मुलुक फेरि द्वन्द्वमा जान सक्ने चेतावनी दिएका छन्।
संविधान संशोधनका नाममा धेरै धारामा व्यापक परिवर्तन गर्न खोज्नु पुनर्लेखनसरह हुने भन्दै उनले सत्तारूढ रास्वपालाई संविधानप्रतिको प्रतिबद्धता स्पष्ट गर्न आग्रह गरे। उनले संविधानको मूल संरचना जोगाउँदै समयअनुसार शक्ति सन्तुलन र आवश्यक व्यवस्थामा सुधार गर्नुपर्ने बताए।
पुनले बदलिँदो विश्व भूराजनीतिक परिस्थितिमा नेपालको स्वाधीनता र राष्ट्रिय हितका लागि राष्ट्रिय एकता आवश्यक रहेको पनि बताए। ठूला विपत्ति तथा संकट सामना गर्न राजनीतिक दल, राज्यका निकाय, सञ्चारमाध्यम र नागरिक समाजलगायत सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्ने उनको भनाइ थियो।
प्रतिक्रिया


