भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाइने, सरकारले दियो सार्वजनिक बिदा

पालिका डायरी
१८ भाद्र २०८३, १६:३८

सरकारले भदौ २३ गतेलाई जेनजी सहिद दिवसका रूपमा मनाउने भएको छ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। २०८२ भदौ २३-२४ मा जेनजी आन्दोलन भएको थियो। सो क्रममा ज्यान गुमाएमा ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ।

भदौ २३ मा सरकारले सार्वजनिक बिदा समेत दिएको छ।

प्रतिक्रिया