आज बिहान त्रिशूलीमा आएको बाढीले कृष्णभिरमा सडक भासियो, पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध

पालिका डायरी
१४ भाद्र २०८३, ११:३६
आज बिहान त्रिशूलीमा आएको बाढीले कृष्णभिरमा सडक भासियो, पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध धादिङ, १४ भदौ ः आइतबार बिहान त्रिशूली नदीमा आएको बाढीका कारण भासिएको धादिङको बेनीघाट रोराङ गाउँपालिका कृष्णभिरस्थित पृथ्वी राजमार्गको सडक । सडक भासिएका कारण यातायात आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । तस्बिर दीपा लम्साल रासस

कृष्णभिरमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

आइतबार बिहान त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका कृष्णभिरमा सडक भासिएको हो। सडक भासिएका कारण अहिले यो सडकमा यातायात आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

सडक भासिएपछि चितवन तर्फबाट पृथ्वीराजमार्गतर्फ गुड्ने  सवारीसाधनलाई सुरक्षित स्थानहरूमा रोकिएको चितवनका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए। काठमाडाैँबाट गएका सवारी साधनपनि बिचमै रोकिएका छन्।

यसअघि भोटेकोसी नदीमा पुनः बाढी आएको खबर फैलिएसँगै आइतबार बिहान ४ बजेपछि रोकिएको सडकमा ७ बजेदेखि गाडी चल्न थालेका थिए।

प्रतिक्रिया