सेनाले भन्यो– बाढी पुनः बढेपछि खोला केन्द्रित उद्धारमा ‘अलर्ट’, अन्य स्थानमा उद्धार जारी

पालिका डायरी
१२ भाद्र २०८३, १२:५३
सेनाले भन्यो– बाढी पुनः बढेपछि खोला केन्द्रित उद्धारमा ‘अलर्ट’, अन्य स्थानमा उद्धार जारी

तिब्बतमा पुनः ड्याम फुटेको सूचनापछि भोटेकोसी किनारमा उद्धार प्रभावित भएको छ।

सुरक्षाकर्मीले आफ्नो फौजलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिएका छन्। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भोटेकोसीमा पानीको बहाव करिब दुई फिट बढेको बताए।

अहिले प्रभावित स्थानमै रहेका बस्नेतले भने, ‘टिमुरेमा पनि हाम्रो अलर्ट टोली बसेको छ। सुरुङमार्गतिर भएका टोलीहरूलाई सुरक्षित स्थानमा रहन निर्देशन दिएका छौँ।’खोला केन्द्रित उद्धारमा ‘अलर्ट’ जारी भएको छ। तर अन्य स्थानमा उद्धारलगायतका अन्य काम भने चलिरहेको छ।

पानी बढेपछि प्रशासनले पनि सूचना जारी गरेको छ। नदी किनारमा नजान र सुरक्षित स्थानमा रहन सबैलाई सचेत गराइएको छ।

प्रतिक्रिया