बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न मुख्यमन्त्री थापा रसुवा पुगे

पालिका डायरी
१२ भाद्र २०८३, १२:१७
बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न मुख्यमन्त्री थापा रसुवा पुगे

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा उद्धार, राहत र पुनःस्थापनाको व्यवस्थापनका लागि रसुवा पुगेका छन् । रसुवा जाने मुख्य सडक बाढीका कारण क्षतिग्रस्त भएपछि वैकल्पिक मार्ग प्रयोग गरी उनी रसुवा पुगेका हन् ।

रसुवा र नुवाकोटका विभिन्न स्थानमा ठूलो क्षति पुगेको र स्थानीयसँगै आन्तरिक तथा बाह्य पर्यटकसमेत विभिन्न स्थानमा फसेका कारण प्रदेश सरकारले उद्धार तथा राहतलाई प्राथमिकतामा राखेर काम अघि बढाएको मुख्यमन्त्री थापाले बताउए।

रसुवा तथा नुवाकोटमा फसेका नागरिक र पर्यटकलाई सुरक्षित स्थानमा ल्याउन यातायातको व्यवस्थापनसँगै खाना, खानेपानी, जेनेरेटर, डिजेल, पेट्रोललगायत अत्यावश्यक सामग्रीको तत्काल व्यवस्थापन गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिएमन छन् । विद्युत् सेवा अवरुद्ध भएका क्षेत्रमा जेनेरेटर तथा इन्धनको व्यवस्थापन गरी विद्युत् सेवा यथाशीघ्र सञ्चालन गर्ने तयारी गरिएको ।

धुन्चे जाने मुख्य सडक बाढी र पहिरोका कारण अवरुद्ध भएपछि सडक सञ्चालनका लागि काम सुरु गरिएको छ । सडक खुलेसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन तथा फसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहज हुने प्रदेश सरकारको अपेक्षा छ ।

नुवाकोटको ढिकुरे, बाहुनबेँसी, नर्डा, छाप, लच्याङ, नौकुण्ड, सरनथली, पाटीखर्क, चिलाउने गाउँ, घिचेत, पुङखोला, पर्च्याङ, भोर्ले, अम्बास, बेत्रावती हुँदै रसुवा जाने सडकखण्डलाई सहज रूपमा सञ्चालनमा ल्याउन आवश्यक काम सुरु गरिएको मुख्यमन्त्री थापाले जानकारी दिए ।

बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा सडक सम्पर्क विच्छेद भएकाले वैकल्पिक सडकको प्रयोग गर्ने तथा आवश्यक परे पैदलै भए पनि प्रभावितलाई यातायात सञ्चालन भएको स्थानसम्म पुर्‍याउने व्यवस्था मिलाइने उनको भनाइ छ । बाढी प्रभावित क्षेत्रमा स्थानीय स्तरमै बसेका पीडितका लागि पनि राहत सामग्रीको व्यवस्थापन भइरहेको छ । घाइते तथा विपद्मा फसेका नागरिकको उद्धार, उपचार, खाना र आवासको व्यवस्थापन प्रदेश सरकारले सङ्घ र स्थानीय तहसँगको समन्वयमा अघि बढाएको  थापाले जानकारी दिए ।

मुख्यमन्त्री थापा मगर भदौ १० गते बेलुकादेखि नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत व्यवस्थापनको अवस्थाबारे जानकारी लिएका थिए । नुवाकोटमा आवश्यक व्यवस्थापन तथा सम्बन्धित निकायसँग समन्वय गरेपछि थापा रसुवा पुगेका छन् ।

प्रतिक्रिया