सिंहदरबारबाट अनेरास्ववियु अध्यक्ष धामीसहित सात जना पक्राउ

पालिका डायरी
३१ असार २०८३, १३:०५

सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेकपा (एमाले) निकट अनेरास्ववियुका कार्यकर्ता बुधबार बिहान सिंहदरबार पुगेका थिए। उनीहरूले कार्यालय समय सुरु हुने बेलामा पर्चा पम्प्लेटसहित दक्षिण गेटमा प्रदर्शन गरेका हुन्।

उनीहरूमध्ये सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। पक्राउ परेका दीपक धामीसहितका विद्यार्थी नेतालाई सिंहदरबार वृत्तिमा राखिएको छ।

प्रतिक्रिया