हिजो तोलामा ६२ सय बढेको सुनको मूल्य आज पनि भारी वृद्धि

पालिका डायरी
१९ असार २०८३, ११:३६
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

आज सुनचाँदीकै मूल्यमा व्यापक वृद्धि भएको छ।

सुनको मूल्य आज तोलामा ७ हजार २ सय रुपैयाँ बढेर २ लाख ९० हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  त्यसैगरी चाँदीको भाउ पनि आज १६५ रुपैयाँ बढेर ४ हजार ६१५ रुपैयाँ पुगेको छ।

गएका तीन दिनमा ६ हजार ५ सय घटेको सुनको भाउ हिजो पनि तोलामा ६ हजार २ सय रुपैयाँ बढेको थियो।   हिजो सुनको भाउ तोलाको २ लाख ८३ हजार ५ सय थियो।  सुनको मूल्य बुधबार तोलामा ६ सय, मंगलबार ४५ सय र सोमबार १४ सय रुपैयाँ घटेको थियो।

त्यसैगरी हिजो चाँदीको भाउ तोलामा १८० रुपैयाँ बढेर ४ हजार ४ सय ५० रुपैयाँ कायम भएको थियो।   गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया