प्रतिनिधि सभा बैठक वैशाख ३१ गते बस्ने, प्रधानमन्त्रीसँग प्रश्नोत्तर

पालिका डायरी
३० बैशाख २०८३, १८:३१
प्रतिनिधि सभा बैठक वैशाख ३१ गते बस्ने, प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधि सभा बैठक भोलि (वैशाख ३१ गते) बस्ने भएको छ।

विपक्षी दलको अवरोधपछि सभामुख डीपी अर्यालले बिहीबार विहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।  बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर हुने सभामुखले जानकारी दिएका छन्।

‘सम्माननीय राष्ट्रपतिको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८३–०८४ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न, छलफलमा भाग लिन र सम्माननीय प्रधानमन्त्रीबाट जवाफ दिनको लागि समेत प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३८ को उपनियम १ बमोजिम २०८३ साल वैशाख ३१ गतेको तोकेको जानकारी गराउँछु,’ सभामुख अर्यालले भने।

सरकारको नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा प्रधानमन्त्री शाहको उपस्थिती हुनुपर्ने मागसहित विपक्षीले आज तीन पटकसम्म बसेको बैठक अवरुद्ध गरेका थिए।

प्रतिक्रिया