दोलखामा सर्पले डसेको २ घण्टा नबित्दै एक महिलाको मृत्यु

पालिका डायरी
२८ बैशाख २०८३, १८:३४
सिन्धुलीमा सर्पले डस्दा १३ वर्षका दाजु र ३ वर्षका भाइको ज्यान गयो

दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–७ की एक महिलाको सर्पदंशबाट मृत्यु भएको छ । सोमबार दिउँसो करिब साढे १२ बजेको समयमा नाम्दु माझीबस्ती निवासी अन्दाजी ३५ वर्षीया कल्पना तामाङलाई दाउरा संकलन गर्न जंगल गएको बेला सर्पले डसेको हो ।

सर्पले डसेको दुई घण्टा नबित्दै तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सर्पले टोकेपछि गम्भीर घाइते भएकी तामाङलाई तत्काल उपचारका लागि स्थानीय लालीगुराँस सामुदायिक अस्पताल पुर्‍याइएको थियो ।

तर अस्पताल पुग्दासम्म उनी बोल्न नसक्ने अवस्थामा रहेको र उपचारकै क्रममा मृत्यु भएको अस्पतालका डाक्टर सुरेन्द्र तामाङले जानकारी दिए ।

घटनापछि आवश्यक पोस्टमार्टम तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न प्रहरी टोलीले शवलाई पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट ल्याउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया