कर्णाली सरकारको नेतृत्व कांग्रेसले लिने समय आएको छ: गगन थापा

पालिका डायरी
२८ बैशाख २०८३, १७:२४
gagan thaha

नेपाली कांग्रेसका सभापति गगन थापाले कर्णाली सरकारको नेतृत्व कांग्रेसले लिने समय आएको बताएका छन् ।

सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले नेकपा (एमाले) सँग तालमेल गरि सरकार निर्माण गरिएको कर्णालीमा कांग्रेसले सत्ता समाल्नुपर्ने समय आएको बताएका हुन्। ‘कर्णाली प्रदेशमा हामी सत्तामा छौँ। नेकपा (एमाले) र हाम्रो सहकार्यमा सरकार छ’, थापाले भने, ‘संसदीय दलको नेता जीवनबहादुर शाही र अन्य माननीयहरूसँग बसेर छलफल गर्छौँ। एमाले र हामीबीच भएको सहमति गरेका आधारमा हामीले कर्णाली प्रदेशका नेतृत्व गरेर सरकार चलाउने बेला आएको छ। हाम्रो नेतृत्वमा हामी सरकार चलाउँछौँ।’

उनले सरकारको नेतृत्वपछि कर्णाली प्रदेशमा समृद्धिको आधार तयार गर्ने दाबी गरे। ‘सरकार सञ्चालनको जिम्मेवारी पूरा गर्नका लागि विगतका अनुभव र गतिविधिलाई आत्मसात गर्दै अब अझ जिम्मेवार ढंगले अघि कांग्रेस बढ्नुपर्छ,’ उनले भने।

प्रतिक्रिया