मकवानपुर प्रहरीको छापा, ९ हजार लिटर मदिरा सहित ४ जना नियन्त्रणमा
AI photo
झापामा तीनवटा मोटरसाइकल एकै ठाउँमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । आइतबार साँझ बुद्धशान्ति गाउँपालिका ३ धाइजनस्थित मेची राजमार्गमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा ज्यान गुमाउनेमा प्र.१-०१-०१२ प ७६३५ नम्बरको मोटरसाइकल चालक इलामको इलाम नगरपालिका ६ घर भएका २५ वर्षीय भुपेन्द्र श्रेष्ठ छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्र.१-०२-०४१ प ८९८७ नम्बरको मोटरसाइकल, सोही दिशा तर्फबाट आउँदै गरेको को.३१ प ९२९० नम्बरको मोटरसाइकल र बिपरीत दिशा तर्फबाट जादै गरेको प्र.१-०१-०१२ प ७६३५ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा अन्य चारजना घाइते भएका छन् ।
दुर्घटनामा प्र.१-०२-०४१ प ८९८७ नम्बरको मोटरसाइकल चालक सुनसरीको धरान-१५ बस्ने वर्ष २७ को मनी कुमार देवान, सोही मोटरसाइकलको पछाडी सवार इटहरी ५ बस्ने वर्ष २७ को अनिष बस्नेत, को.३१ प ९२९० नम्बरको मोटरसाइकल चालक इटहरी ५ बस्ने वर्ष २९ को नन्दबहादुर मगर, सोही मोटरसाइकललको पछाडी सवार इटहर १७ बस्ने वर्ष २९ को कमल मगर घाइते भएका छन् ।
उनीहरु सबैको अवस्था खतरामुक्त रहेको विभिन्न अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।


