मकवानपुरको थाहामा ट्रक पल्टिँदा चालक घाइते

पालिका डायरी
२१ चैत्र २०८२, १५:०५
मकवानपुरको थाहामा ट्रक पल्टिँदा चालक घाइते

हेटौंडा /  मकवानपुरको थाहा नगरपालिका–१२ टिष्टुङस्थित त्रिभुवन राजपथमा ट्रक दुर्घटना भएको छ ।

काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३-००१ ख १७५० नम्बरको ट्रकको अगाडिको दाहिने पट्टा भाँचिएपछि ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको हो । दुर्घटनाका क्रममा ट्रक चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका-२ मौवाखोलाका अन्दाजी २७ वर्षीय धुर्व घलेले ट्रकबाट हाम फाल्दा दाहिने खुट्टाको पौतालामा सामान्य चोट लागेको छ । घाइते चालकलाई उपचारका लागि पालुङ अस्पताल पठाइएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरबाट प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया