सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ

पालिका डायरी
९ चैत्र २०८२, १८:०३
रुपन्देहीमा पेस्तोलसहित एक जना पक्राउ AI Photo

नाबालिकाको अन्तरङ्ग तस्विर तथा भिडिओ टेलिग्राम एकाउन्टबाट प्रसारण गरी चरित्रहत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्ला, नमोबुद्द नगरपालिका-८ दारीमबोट स्थायी वतन भई काठमाडौं बस्ने वर्ष २२ को अशोक लामा रहेका छन् । नाबालिकाको अन्तरङ्ग तस्विर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रसारण भइरहेको भन्ने जानकारी नाबालिकाले इन्ष्टाग्राम एकाउण्टका साथी बाट प्राप्त गरेपछि सोको अनुसन्धान तथा कारबाहीको लागि नाबालिकाको प्रहरीलाई निवेदन दिएकी थइन् ।

प्रहरीको साइबर ब्यूरोले सो सम्बन्धमा गरेको प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट लामाको संग्लग्नता खुल्न आएको थियो । आरोपी लामालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरी
अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया