खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

पालिका डायरी
४ चैत्र २०८२, १३:०९
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।

बुधबार दिउँसो १२ बजेर २ मिनेटमा केपिलासगढि गाउँपालिका-२ बालावेसीमा एयर डाइनेस्टीको ‘९-एनएफक्यू’ हेलिकप्टर अवतरण गर्नेक्रममा भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइलट सविन थापासहित ६ जना सवार थिए । दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, खोटाङका डीएसपी प्रकाश बुढाथोकीले बताए । अरु यात्रु सकुशल छन् ।

प्रहरीका अनुसार दुर्घटनामा काजीबहादुर राई घाइते भएका हुन् । उनलाई उपचारको लागि काठमाडौँ लैजान एयर डाइनेस्टिकै अर्को हेलिकप्टर पुगेको छ ।

प्रतिक्रिया