गाडीले बिहेका जन्तीलाई ठक्कर दिँदा १ जनाको मृत्यु, ११ घाइते

पालिका डायरी
३० फाल्गुन २०८२, ०९:४६
accident

सर्लाहीमा चालकले नियन्त्रण गुमाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गएराति करिब सातबजे बरहथवा नगरपालिका-१० सितापुरमा डीएल ९ सीजेटओ ७७७ नम्बरको स्कार्पिओले बिहेका जन्तीलाई ठक्कर दिएको हो । गाडीको ठक्करबाट बरहथवा-१० का ५० वर्षीय नारायण जर्गा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि नगर अस्पताल बरहथवामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।  मगरको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको गाडीले बिहेमा जन्ती आएका मानिसको समूहलाई नै ठक्कर दिएको हो ।  दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक नितेश जर्गा मगरको कमान्डमा ११ जना र इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायव निरीक्षक धर्मेन्द्र साहको कमान्डमा ८ जना प्रहरी घटनास्थलमा पुगेका थिए ।

दुर्घटनामा संलग्न स्कार्पिओ चालक बरहथवा नगरपालिका-१२ लौकठ बस्ने ४० वर्षीय नरेश ठाकुरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक मगले जानकारी दिए ।

यी हुन् दुर्घटनामा घाइते 
१)  जिल्ला रौतहट तत्काल स्थानिय तह नखुलेको दोस्तिया पिपरिया बस्ने  बर्ष ७० को कमल पटेलको टाउकोमा चोट अवस्था गम्भिर हनुमन्त अस्पतालमा उपचार भईरहेको।
२) जि. रौतहट गडिमाई न.पा ११ बस्ने बिकास पटेलको श्रीमती अ. बर्ष ४५ कि बन्धना पटेलको  बाहिरी चोट नरहेको अवस्था  बेहोस हनुमन्त अस्पताल बरहथवामा उपचार भईरहेको
३)जिल्ला सर्लाही बरहथवा न.पा १०  बस्ने हरेराम मंडलको छोरा अ. बर्ष १८को रुपेश मंडलको बाँया हातमा चोट अवस्था  मध्यम हनुमन्त अस्पताल बरहथवामा उपचार भइरहेको।
४) ऐ.ऐ. १० बस्ने धनजय पटेलको छोरी अ. बर्ष १५ कि प्रतिमा कुमारि पटेलको कम्मरमा चोट अवस्था मध्यम  नगर अस्पताल बरहथवामा उपचार भइरहेको।
५) ऐ.ऐ. बस्ने  बच्चेलाल रायको छोरा बर्ष १९ को दिलिप रायको दुबै खुट्टा र कम्मरमा चोट अवस्था मध्यम नगर अस्पताल बरहथवामा उपचार भइरहेको।
६) ऐ. ऐ. ७ बस्ने अ. बर्ष २३को  चन्दन पासवानको शरिरको बिभिन्न भागमचा चोट, अवस्था मध्यम,नगर अस्पताल बरहथवामा उपचार भइरहेको।
७) ऐ. ऐ.  बस्ने रामनारायण ठाकुरको श्रीमति  बर्ष ४५ कि गुलाब कुमारि मंडलको दाया खुट्टामा चोट अवस्था मध्यम  ।
८)ऐ.ऐ १० सितापुर बस्ने  सुभनारायण महतोको छोरी अ. बर्ष १२ कि दिपिका जैसवालको दुबै हातमा चोट, अवस्था मध्यम, एडभान्स अस्पताल  बरहथवामा उपचार भइरहेको।
९) ऐ.ऐ. बस्ने  देबिलाल रायको छोरा अ. बर्ष २० को रामजि रायको टाउकोमा चोट,अवस्था  मध्यम,  एडभान्स अस्पताल  बरहथवामा उपचार भइरहेको।
१०) ऐ.ऐ बस्ने किसुन राउतको छोरा  बर्ष २३को मुकेश राउतको  हात र खुट्टामा  चोट अवस्था मध्यम एडभान्स अस्पताल  बरहथवामा उपचार भइरहेको।
११. ऐ .ऐ बस्ने अ. बर्ष ५५ को रामनारायण ठाकुरको दाहिने  हातमा  चोट अवस्था मध्यम हनुमन्त अस्पताल बरहथवामा उपचार भइरहेको।

प्रतिक्रिया