हेटौंडामा ट्रक र कन्टेनर ठोक्किँदा चालकको मृत्यु

पालिका डायरी
२९ फाल्गुन २०८२, १४:५१
हेटौंडामा ट्रक र कन्टेनर ठोक्किँदा चालकको मृत्यु

हेटौँडा-नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीमा ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ४ ख ९९२३ नम्बरको कन्टेनर र हेटौँडाबाट चितवन जाँदै गरेको बाप्र ०३-००१ ख ०३९८ नम्बरको ट्रक शुक्रबार एकापसमा ठोक्किएका हुन् । दुर्घटनामा कन्टेनर चालक चालक सर्लाहीको बरहथवा नगरपालिका-१५ पिपराभिट्टाका ३८ वर्षीय गोविन्द चौधरी घाइते भएका थिए ।

उनलाई स्थानीय बासिन्दाले उद्धार गरी हेटौँडाको सीएमसी चुरेहिल अस्पताल पुर्याएका थिए। चिकित्सकले उनलाई तत्कालै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

प्रहरीले ट्रक चालक चितवनको खैरहनी नगरपालिका-९ का ४२ वर्षीय धनेस्वर चौधरीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया