भीरबाट लडेर घाइते भएका निर्वाचन प्रहरीको मृत्यु
दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।
दार्चुलाको लेकम गाउँपालिका-२ का ४० वर्षीय प्रकाश धामी घर फर्किने क्रममा बिहीबार भीरबाट लडेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।
उनको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए । उनी बिहीबार घर फर्किने क्रममा लेकम गाउँपालिका-१ स्थित भीरबाट लडेर घाइते भएका थिए ।
प्रतिक्रिया



