ओलीका पिता मोहनप्रसादको पशुपतिमा अन्त्येष्टि

पालिका डायरी
२९ फाल्गुन २०८२, १४:२४
ओलीका पिता मोहनप्रसादको पशुपतिमा अन्त्येष्टि

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

शुक्रबार दिउँसो पशुपति आर्यघाटमा ओलीले दागबत्ती दिएका छन् । मोहनप्रसादको शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

अन्त्यष्टिअघि अन्तिम श्रद्धाञ्जली अर्पण गर्न राजनीतिक दलका शीर्ष नेता, कार्यकता र आफन्तजन पुगेका थिए ।

प्रतिक्रिया