प्रशान्त उप्रेतीलाई भेटेर लवशेरले दिए शुभकामना
हेटौंडा मकवानपुर क्षेत्र नम्बर २ मा रास्वपाबाट विजयी भएका प्रशान्त उप्र्रेतीलाई नेकपाका उम्मेदवार लवशेर विष्टले भेटेर बधाई दिएका छन् । विष्टले उप्रेतीलाई मतगणना स्थल परिसरमै आएर बधाई तथा शुभकामना दिएका हुन् । मकवानपुर–२ मा नेकपाबाट उम्मेदवार बनेका विष्टले १२ हजार ४९२ मत प्राप्त गरेर पराजित भएका थिए । उनले उप्रेतीलाई अंकमाल गरेर शुभकामना दिदैँ मकवानपुर–२ को विकासमा योगदान गर्न सहकार्य गर्ने प्रतिवद्धता जनाए । उप्रेतीले ३० हजार ५० मत ल्याएर विजयी भएका हुन् ।
प्रतिक्रिया


