मोरङ-१ बाट रास्वपाका यज्ञमणि न्यौपाने विजयी
प्रतिनिधि सभा निर्वाचनमा मोरङ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यज्ञमणि न्यौपाने निर्वाचित भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार न्यौपाने २७ हजार ३६७ मत प्राप्त गर्दै विजयी भएका हुन्। यस निर्वाचन क्षेत्रमा उनको प्रतिस्पर्धा श्रम संस्कृति पार्टीकी उम्मेदवार शान्ति पाख्रिन लामासँगै भएको थियो। लामाले १७ हजार ५२२ मत प्राप्त गरिन्।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागो ११ हजार ९८६ मतसहित तेस्रो स्थानमा पुगे। नेकपा (एमाले) का उम्मेदवार घनश्याम खतिवडाले ९ हजार ८२३ मत प्राप्त गरे भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कुलप्रसाद साम्बाले २ हजार २२४ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया


