मकवानपुर–२ को मतगणना सुरु

पालिका डायरी
२२ फाल्गुन २०८२, १३:२७

मकवानपुरमा मतगणना सुरु भएको छ। दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मकवानपुर–२ को मतगणना सुरु गरिएको हो।

१० वटै स्थानीय तहको मतपेटिका संकलन गरे पश्चात् आज बिहान सर्वदलीय बैठक बसेको थियो। सो बैठकको सहमति पश्चात् मतगणना सुरु गरिएको हो। यस क्षेत्रमा पर्ने मनहरी गाउँपालिका–९ नम्बर वडाको मतबाट गणना सुरु गरिएको हो।

कुल १ लाख ८६ हजार ५५१ मत खसेको मकवानपुरमा २ नम्बर क्षेत्रमा ९१ हजार २४१ म्त खसेको छ। यस क्षेत्रमा नेकपा एमालेका महेश कुमार बर्तौला, नेपाली कांग्रेसका बुद्ध लामा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट लवशेर विष्ट, रास्वपाबाट प्रशान्त उप्रेती लगायत २१ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया